१९ असार, काठमाडौं । चार महिना अगाडि, गत २४ फागुनको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डलाई भनेका थिए, एकचोटी सोच्नुस्, जम्मै धोका पाएका एक दिन एक ठाउँमा उभिए तपाईंका विरुद्ध भने कहाँ पुग्नुहोला ?’ आमचुनाव–२०७९ को १५ महिनाभित्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट कांग्रेसले दोस्रोपटक ‘धोका’ पाएको थियो