मातृशिशु स्वास्थ्य सबल बनाउन संघ, प्रदेश र स्थानीय अस्पतालमा कार्यक्रम सञ्चालन

मातृशिशु स्वास्थ्य सबल बनाउन संघ, प्रदेश र स्थानीय अस्पतालमा कार्यक्रम सञ्चालन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मातृशिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले संघ, प्रदेश र स्थानीय तहका अस्पताल एवं स्वास्थ्य संस्थाहरूबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले लुम्बिनी प्रदेशमा सुविधासम्पन्न ‘बर्थिङ’ हस्पिटल निर्माण गर्नका लागि नेपाल सरकार, थाइल्यान्ड अन्तर्राष्ट्रिय सहयोग नियोग र यूएनएफपीए नेपालको सहकार्यमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

हाल अलजजिरा, फ्लाई दुबई, एयर एसिया र नेपाल एयरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका, श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको, अध्यागमन, मुद्रा सटहीलगायत बैंकिङ सुविधा विमानस्थलमा नै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको प्रधानमन्त्रीले बताए ।

त्यसअघि उनले कृषि उत्पादनलाई प्रोत्साहन गर्न धान, गहुँ र उखु बालीको न्यूनतम समर्थन मूल्य तोक्ने गरिएको, कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुन कृषि आधुनिकीकरण परियोजनालाई थप परिमार्जनसहित अघि बढाउन गृहकार्य भइरहेको जानकारी दिए ।