पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडी उज्वेकिस्तान प्रस्थान

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडी उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ ।

चैत २८ देखि वैशाख १ सम्म हुने प्रतियोगिताका लागि सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठ उज्वेकिस्तान प्रस्थान गरेका हुन् । टोलीको नाम ‘टिटुके रहेको छ । टोलीको प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा संगीता गुरुङ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं इ स्पोट्र्स एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।