इरानसँग आणविक वार्ता गर्ने ट्रम्पको घोषणा, असफल भए ‘इरान ठूलो खतरामा’ पर्ने चेतावनी

इरानसँग आणविक वार्ता गर्ने ट्रम्पको घोषणा, असफल भए ‘इरान ठूलो खतरामा’ पर्ने चेतावनी

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्ने बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा उनले यस्तो आश्चर्यजनक घोषणा गरेका हुन् ।

ओभल अफिसमा सोमबार ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’ पर्ने चेतावनी दिए ।

तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ तर ती ‘अप्रत्यक्ष’ वार्ताहरू भएको बताएको छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनेछन् ।