एमालेले गर्छ परिवर्तनको रक्षा : शंकर पोखरेल

एमालेले गर्छ परिवर्तनको रक्षा : शंकर पोखरेल

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले जनताले ल्याएको परिवर्तनको रक्षा एमालेले गर्ने बताएका छन् ।

नेकपा एमालेले आज मंगलबार आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै उनले जनताले दिएको जिम्मेवारी एमालेले सम्हाल्न सक्ने सन्देश दिनका लागि जनताको बीचमा आएको बताए ।

‘गणतन्त्रले के दियो भन्नेहरूले यो कुरा देख्न सक्नुपर्छ । दसैँमा एक माना चामल पायो भने टीका लगाउन पाइन्न भन्ने अवस्थाबाट कर्णालीवासी आज चामलको भात खान सक्ने भएका छन्,’ उनले भने ।

नेपालको राजनीतिमा अढाइ सय वर्ष शासन गरेको शाहवंशीय राजसंस्था जनताको आन्दोलनबाट सधैँका लागि बिदा गरिसकेको उनको भनाइ छ ।