हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक

हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक

काठमाडौँ । युवा कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवा कविहरूलाई काव्यक्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्वज्योति पाण्डुलिपि पुरस्कार’ जितेको यस सङ्ग्रहको लोकार्पण ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा. रजनी ढकाल, तथा कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र उषा शेरचनले संयुक्त रूपमा गरेका हुन् ।

कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन् । उनको ‘बन्द कोठाको झ्याल’ विश्वज्योति पाण्डुलिपि पुरस्कार जितेर प्रकाशित भएको छ । जसले युवा कविहरूलाई थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ ।