प्रगतिशील लेखक संघमा डा. दुलालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

प्रगतिशील लेखक संघमा डा. दुलालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

काठमाडौँ । नेपालका प्रगतिशील तथा वामपन्थी लेखकहरूको साझा संस्था, प्रगतिशील लेखक संघ, नेपालको १३औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा ९१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको छ ।

समितिको ४५ सदस्यीय केन्द्रीय समिति र ४६ सदस्यीय राष्ट्रिय परिषद् रहेको छ । सातै प्रदेशका अध्यक्षहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा छन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. अमृता शर्मा र समीर सिंह, महासचिवमा पारस ढकाल, उपमहासचिवमा बोधकुमार घिमिरे, सचिवमा डा. हरि तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा डा. कृष्ण सुवेदी छन् ।

केन्द्रीय समितिका सदस्यहरूमा कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु केसी, प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, प्रकाश किरण, गंगा रिजाल, डा. प्रतिभा पुन, मायामितु न्यौपाने, देव गजमेर, शेखर अर्याल, दिनेश दुलाल, विमला पोखरेल, सृजना अर्याल, विमला विश्वकर्मा, भीम रानाभाट, डा. पूर्ण भण्डारी, मणि अर्याल, सिर्जन श्री, गोविन्द अर्याल, राजेन्द्र सर्वहारा, रमेश पन्त ‘मितबन्धु’, दुर्गा परियार, आरोह नेपाली, मुक्तान थेबा, करण दयाल र डिल्लीराम भण्डारी छन् ।

त्यसैगरी, गण्डकी प्रदेशका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्याय, बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दना, कर्णाली प्रदेशका अध्यक्ष युद्धविक्रम शाही, कोशी प्रदेशका अध्यक्ष विन्दु दाहाल ‘मूकदर्शक’, लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारी पराजुली, मधेस प्रदेशका अध्यक्ष नारायणप्रसाद घिमिरे र सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्मा ‘कल्प’ पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा समावेश छन् ।

४६ सदस्यीय राष्ट्रिय परिषदमा दिनेश थापा, समष्टि बुढा, सीता बुढा, तारामणि न्यौपाने लगायतका व्यक्तिहरू निर्वाचित भएका छन् । कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ । संघले नेपाली साहित्यको क्षेत्रमा प्रगतिशील र वामपन्थी विचारधाराको प्रचारप्रसार गर्दै आएको छ । नयाँ नेतृत्वले आगामी दिनमा संघको कार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।