रवि पक्राउ प्रकरणमा मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै आयोग पुग्यो रास्वपा

रवि पक्राउ प्रकरणमा मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै आयोग पुग्यो रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

लामिछानेलाई चैत २२ मा निजी निवास हात्तीगौंडाबाट पक्राउ गर्ने क्रममा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको भन्दै रास्वपाले बुधबार मानवअधिकार आयोगमा निवेदन दर्ता गराएको हो ।

निवेदनमा लामिछानेविरुद्ध अस्वाभाविक, अशोभनीय र गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमतिविनै घरभित्र प्रवेश गरेको तथा शयन कक्षमै पुगेर धरपकड गरेकोलगायत विषय उल्लेख छन् ।

घटनाको आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाले माग गरेको छ । प्रहरीले प्रयोग गरेका शब्दहरूप्रति पनि रास्वपाले आपत्ति जनाएको छ ।