झापामा ७ लाख ६२ हजारले गरे स्वास्थ्य बिमा

झापामा ७ लाख ६२ हजारले गरे स्वास्थ्य बिमा

झापा । स्वास्थ्य बिमा कार्यक्रममा झापा सबैभन्दा बढी संख्यामा सहभागी (बिमित) भएको जिल्ला बनेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाका संयोजक लक्ष्मी कँडेलका अनुसार जिल्लामा सात लाख ६२ हजार ६८६ जना बिमित रहेको बताइन् ।

स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार ७९० जना बीमित छन् । झापापछि बिमित धेरै रहेको जिल्लामा मोरङ दोस्रो, सुनसरी तेस्रो र चितवन चौथो हो । मोरङमा ६ लाख एक हजार ४२९ जना, सुनसरीमा पाँच लाख ७५ हजार ६९५ जना र चितवनमा पाँच लाख ६५ हजार ७१० जना बिमित छन् ।

यसले स्वास्थ्य बिमाबाट पाउने सेवाप्रति जनताको आकर्षण बढ्दै गएको देखाउँछ । झापामा प्रादेशिक अस्पताल भद्रपुरसहित १४ वटा प्राथमिक सेवाप्रदायक संस्थाबाट बिमितले सेवा पाइरहेका छन् ।