नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने अनुमान

नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने अनुमान

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदनमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने उल्लेख छ ।

प्रतिवेदनमा एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरिएको छ । अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने जनाइएको छ ।

त्यस्तै नेपालको मुद्रास्फीति सन् २०२५ मा ५.२ र सन् २०२६ मा ५ प्रतिशत रहने अनुमान एडीबीको  छ । प्रतिवेदनमा विस्तारमुखी वित्तीय नीतिहरूले मुद्रास्फीति बढाउन सक्ने अनुमान गरिएको छ ।