संखुवासभा । शैक्षिक सत्र सुरु हुनुअगावै संखुवासभामा पाठ्यपुस्तक पुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिक सत्रअगावै पाठ्यपुस्तक पुगेको हो ।
यसअघि भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या थियो । गत वर्षदेखि भने समयमै पाठ्यपुस्तक पुग्न थालेको छ ।
संखुवासभामा प्रतिकक्षा दुई हजार ५०० सयका दरले पुस्तक आवश्यक पर्ने जनाइएको छ । हाल सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरिरहेको छ ।