एजेन्सी । भारतमा जारी धार्मिक मेलामा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ । भागदौडका क्रममा लडेर धेरै जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
उद्धार टोलीहरूले तीर्थयात्रीहरूसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानहरूले भरिएको स्थलबाट पीडितहरूलाई बोकेर अस्पताल पुर्याएका थिए ।
भारतको प्रयागमा यो ६ हप्ते उत्सव हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो मेला मानिन्छ ।
प्रकाशित मिति: १६ माघ २०८१, बुधबार १२:३६