चौधरी ग्रुपले भित्र्यायो मोटोरोला स्मार्टफोन


समृद्ध खबर


काठमाडौं । चर्चित मोबाइल ब्रान्ड मोटोरोला नेपाली बजारमा आधिकारिक रूपमा भित्रिएको छ । काठमाडौंको भिभान्ता होटलमा बिहीबार आयोजित विशेष कार्यक्रममार्फत चौधरी ग्रुपअन्तर्गतको सीजी मोबाइलले मोटोरोला भित्र्याएको घोषणा गरेको हो ।

कार्यक्रममा विभिन्न रेन्ज र मूल्यका मोटोरोला स्मार्टफोन सार्वजनिक गरिएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख विपिन रैनाले मोटोरोला ब्रान्डका मुख्य विशेषताहरु प्रस्तुत गरेका छन् ।

सीजी मोबाइलले साढे २४ हजार रुपैयाँदेखि माथिका स्मार्टफोन नेपाली बजारमा भित्र्याएको जनाएको छ । नेपाली उपभोक्तालाई नवीनतम प्रविधि उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासहित यी फोन विस्तार गरिएको कम्पनीको स्पष्ट पारेको छ ।


प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार १७:२५