इजरायलद्वारा लेबनानको बेका घाटीमा आक्रमण


समृद्ध खबर


एजेन्सी । इजरायली सेनाले हिजबुल्लाहलाई लक्षित गरी लेबनानको बेका उपत्यका ‘कैयौँ’ स्थानमा कारबाही अघि बढाएको छ । इजरायल र लेबनानी इस्लामी लडाकु समूह हेजबुल्लाहबीच युद्धविराम भएको दुई महिनापछि इजरालयले कारबाही सुरु गरेको हो ।

सिरियाली सेनाले जारी गरेको विज्ञप्तिमा ‘सिरियाली र लेबनानको सीमामा हिजबुल्लाहले लेबनानमा हतियार तस्करी गर्न प्रयोग गर्ने हतियार विकास र निर्माण गर्न प्रयोग गरिने भूमिगत पूर्वाधार भएको हिजबुल्लाह आतंककारी स्थललाई निशाना बनाइएको’ उल्लेख छ ।

इजरायली सेनाले लेबनानबाट आफ्नो सेना फिर्ता गर्न तोकिएको जनवरी २६ सम्ममा सेना फिर्ता नगरेपछि सेना फिर्ता गर्न आगामी फेब्रुअरी १८ सम्मका लागि थप समय दिइएको छ । लेबनानी सेनाले सम्झौताको आफ्नो पक्ष पूरा नगरेको आरोप लगाउँदै इजरायलले जनवरी २६ सम्ममा सेना फिर्ता गर्ने सम्भावना नरहेको बताएको छ ।


प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार १७:५८