प्रधानमन्त्रीद्वारा चीनका राष्ट्रपतिलाई चिनियाँ नयाँ वर्षको शुभकामना


समृद्ध खबर


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतामा शुभकामना व्यक्त गरका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत चिनियाँ शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बौद्धिकता, सबलता र पुनरारम्भको प्रतीक मानिने सर्प वर्षले नेपाल र चीनबीचको दिगो मैत्रीलाई अझ प्रगाढ बनाउने विश्वास लिएका छन् । उनले साझा प्रगति, समृद्धि, सद्भाव र सहयोगका लागि नयाँ वर्षले प्रेरित गर्ने पनि उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार ११:५१